नबिल बैंकको दुई शाखा स्थानान्तरण हुँदै
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका दुई शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले २०८० वैशाख ३१ गतेदेखि शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
दुई शाखाहरूमा काभ्रेपलाञ्चोक, भुप्लु गाउँपालिका ५, सल्लेबजार र नुवाकोट, विदुर नगरपालिका, ४ बट्टाबजारमा रहेको शाखा स्थानान्तरण हुन लागको हो ।
हाल काभ्रेपलाञ्चोक, भुप्लु गाउँपालिका ५, सल्लेबजारमा रहेका शाखा हालको शाखा कार्यालयबाट ०.१५ किलोमिटर पर भुप्लु गाउँपालिका ५, सल्लेबजारमा स्थानान्तरण हुने भएको छ । त्यस्तै नुवाकोट, विदुर नगरपालिका, ४ बट्टाबजारमा रहेका शाखा हालको स्थानबाट ०.२ किलोमिटर पर विदुर नगरपालिका २ बट्टा बजारमा स्थानान्तरण हुने भएको छ ।
बैंकले लकरमा रहेका टुटफुट हुने सामान शाखा स्थानान्तरण हुनु अघि वैशाख २९ गते शुक्रबारसम्म निकाल्न अनुरोध गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया