NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सुनको मूल्य पुनः उकालो, चाँदी स्थिर

काठमाडाैं । सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला

एक लाख १० हजार ६ सय पचास रूपैयाँ कारोबार भइरहेको छ । सोमबार स्थिर चाँदी आज पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।