सुनको मूल्य पुनः उकालो, चाँदी स्थिर
काठमाडाैं । सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला
एक लाख १० हजार ६ सय पचास रूपैयाँ कारोबार भइरहेको छ । सोमबार स्थिर चाँदी आज पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया