NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भिडियो ब्लग : ललिता निवास प्रकरणको नालीबेली

काठमाडौं । भ्रष्टाचारको नाम सुन्नेवित्तिकै अधिकांशको मानसपाटलमा आउने प्रकरण हो ‘बालुवाटार काण्ड’ । पूर्व उप–प्रधानमन्त्रीसहित तीन मन्त्री, तीन पूर्वसचिव, पाँच सहसचिव, ६ उपसचिवसहितलाई प्रतिवादी बनाइएको यो अहिलेसम्मकै ‘हाइ प्रोफाइल’ मुद्दा हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूसहित तीन सय भन्दा बढीलाई अभियुक्त बनाएर अनुसन्धान गरिनुपर्ने निचोडसहित जिल्ला सरकारी वकिलको कार्यालयमा ०७८ पुस २२ गते प्रतिवेदन पेश गरेको थियो । तर यो प्रतिवेदन न सरकारले सार्वजनिक गर्न सकेको छ न त कुनै कारवाही प्रक्रिया नै अघि बढेको छ ।

सीआइबीले दुई वर्ष लगाएर गरेको अनुसन्धानको प्रतिवेदनमाथि नेपालवाचले पूर्वसचिव शारदा प्रसाद त्रितालसँग विस्तृतमा कुराकानी गरेको छ।

उक्त जग्गा सरकारले अधिग्रहण गरेको हो या जफल गरेको भन्नेबारे पत्ता लगाउने जिम्मा पाएको उनको संयोजकत्वको समितिले यस प्रकरणबारे नयाँ तथ्य फेला पारेको थियो । पाँच महिना लगाएर गरिएको उक्त अनुसनधानले बालुवाटारको जग्गा सरकारले अधिग्रहरण गरेको भन्ने तथ्य स्थापित गर्ने केही प्रमाण भेट्यो ।

प्रधानमन्त्रीदेखि सभामुख, प्रधानन्यायाधीशसम्मको निवास रहेको बालुवाटारस्थित ललिता निवास क्याम्पको ११२ रोपनी जग्गा सरकारी जग्गा व्यक्तिका नाममा गएको यो प्रकरण अहिले ओझेलमा छ ।

हामीले त्रितालसँग छानविन गर्दाका अनुभव र ब्यूरोको प्रतिवेदनबारे कुरा गरेका छौं । साथै बालुवाटार जग्गा घोटालामा सरकार, कर्मचारी संयन्त्र तथा भूमाफियाका भूमिकाबारे पुनः उजागर गर्ने कोशिश गरेका छौं ।

भिडियोमा हेर्नुहोस् त्रितालसँग गरिएको कुराकानीको पूरा अंश ।

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी