NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

प्रचण्ड, ओली र देउवाबीच के भयो कुराकानी ?

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमनत्री निवास बालुवाटारमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष