यी हुन् एमाले बैठकका १० कार्यसूची
काठमाडौं । एमाले सचिवालयले फागुन पहिलो सातादेखि वैशाख तेस्रो सातासम्म चलेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षासहित दश कार्यसूचीलाई केन्द्रीय बैठकको एजेन्डा बनाएको छ ।
केन्द्रीय कमिटी बैठक बिहीबारबाट केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, गत भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकपछिका निर्णय जानकारी र अनुमोदन, केन्द्रीय आयोगहरू र केन्द्रीय सल्लाहकार कमिटीको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको समीक्षा, प्रदेशका वार्षिक कार्ययोजना, कम्तीमा वर्षमा एकपटक केन्द्रीय सदस्यहरूलाई फरक भूगोलमा परिचालन गर्ने योजना, विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूको जिम्मेवारी र कार्यविभाजन तथा समसामयिक राजनीतिक प्रतिवेदनसहितका एजेन्डा तय गरेको हो ।
उपमहासचिव गुरुङले सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशमा सञ्चालित मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पार्टी सचिव र सम्बन्धित प्रदेशका इन्चार्जहरूले बैठकमा प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरेर पार्टी स्थायी कमिटी बैठकले सबै प्रदेशको वार्षिक कार्ययोजना बनाउने जानकारी दिए । उनले नेता भीम रावलका सन्दर्भमा वार्ता गर्न गठित कार्यदलले जानकारी गराएअनुसार बैठकले छलफल गरेर उपयुक्त निर्णय लिने पनि बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया