NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी हुन् एमाले बैठकका १० कार्यसूची

काठमाडौं । एमाले सचिवालयले फागुन पहिलो सातादेखि वैशाख तेस्रो सातासम्म चलेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षासहित दश कार्यसूचीलाई केन्द्रीय बैठकको एजेन्डा बनाएको छ ।

केन्द्रीय कमिटी बैठक बिहीबारबाट केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।

बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, गत भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकपछिका निर्णय जानकारी र अनुमोदन, केन्द्रीय आयोगहरू र केन्द्रीय सल्लाहकार कमिटीको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको समीक्षा, प्रदेशका वार्षिक कार्ययोजना, कम्तीमा वर्षमा एकपटक केन्द्रीय सदस्यहरूलाई फरक भूगोलमा परिचालन गर्ने योजना, विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूको जिम्मेवारी र कार्यविभाजन तथा समसामयिक राजनीतिक प्रतिवेदनसहितका एजेन्डा तय गरेको हो ।

उपमहासचिव गुरुङले सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशमा सञ्चालित मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पार्टी सचिव र सम्बन्धित प्रदेशका इन्चार्जहरूले बैठकमा प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरेर पार्टी स्थायी कमिटी बैठकले सबै प्रदेशको वार्षिक कार्ययोजना बनाउने जानकारी दिए । उनले नेता भीम रावलका सन्दर्भमा वार्ता गर्न गठित कार्यदलले जानकारी गराएअनुसार बैठकले छलफल गरेर उपयुक्त निर्णय लिने पनि बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।