श्रीलंकाले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर माग गर्ने
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैंकसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
राष्ट्रपति रानिल विक्रमासिङ्घेले अर्थमन्त्रीको हैसियतमा उक्त प्रस्ताव गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले सञ्चारकर्मीलाई जानकारी दिए। श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ४८ महिने विस्तारित कोष सुविधाको एक भागको रूपमा देशको सबैभन्दा कमजोर समूहहरूको सुरक्षाको लागि एक बलियो सामाजिक सुरक्षा सञ्जाल लागू गर्न सहमत भएको गुणवर्धनेले बताए ।
उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सहयोग गर्न विश्व बैंकले २० करोड डलर ऋण उपलब्ध गराउन सहमति जनाइसकेको र उक्त रकमलाई अन्तिम रूप दिन विश्व बैंकसँग छलफल हुने बताए । श्रीलंकाको मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट तीन करोड ५० लाख अमेरिकी डलर ऋण र थप १५ लाख अमेरिकी डलर अनुदानका लागि वार्ता अघि बढाउन अर्थ मन्त्रालयलाई अख्तियारी दिने प्रस्तावलाई पनि अप्रिलमा अनुमोदन गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया