टोपबहादुर रायमाझी एमालेबाट निलम्बित
काठमाडौं । एमाले सचिव एवं प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझी निलम्बित भएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर रकम असुलेको प्रकरणमा फरार रहेका उनलाई आज पार्टीले निलम्बन गरेको हो ।
महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै रायमाझीलाई निलम्बन गरेको जानकारी दिएका हुन् ।
शरणार्थी प्रकरणमा संलग्नता रहेको पाइएपछि उनीविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । तर अनुसन्धानमा प्रहरीलाई सघाउने भनेका रायमाझी फरार भए ।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई आज प्रहरीले पक्राउ गरेसँगै एमालेमा पनि दबाब परेको देखिन्छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया