NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

काठमाडौं । एमाले सचिव एवं प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझी निलम्बित भएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर रकम असुलेको प्रकरणमा फरार रहेका उनलाई आज पार्टीले निलम्बन गरेको हो ।

महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै रायमाझीलाई निलम्बन गरेको जानकारी दिएका हुन् ।

शरणार्थी प्रकरणमा संलग्नता रहेको पाइएपछि उनीविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । तर अनुसन्धानमा प्रहरीलाई सघाउने भनेका रायमाझी फरार भए ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई आज प्रहरीले पक्राउ गरेसँगै एमालेमा पनि दबाब परेको देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष