NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शरणार्थी प्रकरण : दोषीमाथि कारवाही अगाडि बढाउन सरकारसँग नेकपा एसको माग

काठमाडौं । सत्तारूढ दल एकीकृत समाजवादीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रभाव पार्न दौडधुप भइरेको भन्दै दोषीमाथि तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै शक्ति र सत्ताको दुरुपयोग नगरी दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेको हाे । यसप्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । फरार पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । एमालेका सचिवसमेत रहेका उनलाई बुधबार एमालेले निलम्बन गरेको छ ।