एक हप्ताभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन

काठमाडौं । आर्थिक वर्ष सकिएको ६ महिना भन्दा बढी समय घर्किसक्दा पनि लेखापरीक्षण सार्वजनिक नगरेपछि निर्वाचन आयोग निर्देशनमा उत्रिएको छ ।
आयोगले ८२ दललाई सात दिनभित्रमा लेखापरीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ । आज विज्ञप्ती जारी गर्दै आयोले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय, वेबसाइट, सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी जानकारी दिन निर्देशन दिइएको हो ।
आयोगमा दर्ता भएका दलहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरीक्षण गराई आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । केही दलहरूले दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवदन बुझाएका छैनन् ।
आ.व. ०७७/७८ र ०७८/७९ को लेखापरीक्षण निरन्तर नबुझाउनेमा मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक रहेका छन् ।
यी पार्टीहरूलाई दलसम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम कारवाही किन नहुने ? भन्ने विषयको स्पष्टिकरणसमेत आयोगले माग गरेको छ । प्रतिवेदन नबुझाउने अन्य पार्टीलाई पनि आयोगले स्पष्टिकरण माग गरेको छ ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया