ईः सँग संवाद : कस्तो हुनुपर्छ नेपालको शिक्षा ?
काठमाडौं । के शिक्षा हासिल गर्न औपचारिक रूपमै पढ्नुपर्छ ? ईः का लागि यो प्रश्न गौण छ । औपचारिक शिक्षाको विद्रोहमा उनले कक्षा १० देखि नै विद्यालयलाई निरन्तरता दिएनन् ।
उनले एसएसलीसम्म पढ्दापढ्दै विद्यालय शिक्षा त्यागे । पूरा नाम थरले चिनाउन नचाहने उनी आफूलाई ‘ईः’ मै सिमित राख्न चाहन्छन् । कसैले उनको नाम, थर, घर, धर्म सोधमा उनले दिने उत्तर हो ‘ईः’ ।
उनको औपचारिक नाम भने सरकारी काम कागजातमै सिमित छ ।
शिक्षित बन्नका लागि औपचारिक शिक्षा नै अत्यावश्यक हुन्छ भन्ने मानसिकताबाट टाढै रहेका उनीसँग नेपालको शिक्षावस्थबारे बुझ्न खोजिएको छ ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यो श्रृंखलामा उनै ईःको आँखाबाट कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले नेपालको शिक्षालाई नियाल्ने जमर्को गरेका छन् ।
प्रस्तुत छ उनीहरूबीचको संवादको पूरा भिडियो
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया