उच्चपदस्थमाथि प्रमाण जुटाउँदै प्रहरी
काठमाडौं । शरणार्थीका नाममा भएको ठगी प्रकरणमा अझै केही उच्चपदस्थको संलग्नता रहेकाले उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
पीडितले दिएको जाहेरी र अभियुक्तहरूले बयानमा जोडिएका अन्यमाथि अनुसन्धान जारी छ । बलियो प्रमाण जुटिनसकेकाले उनीहरूसम्बन्धी सूचना प्रहरीले गोप्य राखेको छ ।
पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् ।
किर्तेमा संलग्न गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका केही कर्मचारी पनि प्रहरी छानबिनमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया