NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रहरीलाई बयान दिन खाणको इन्कार

काठमाडौं । ठगी धन्दामा संलग्नमध्येका मुख्य योजनाकार मोरङका केशव दुलाल पक्राउ गरेको २२ दिनपछि मात्रै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई संगठित ठगी मुद्दामा रूपान्तरण गरेको थियो ।

प्रहरीले केशवलाई १२ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । संठगित अपराध अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको मात्रै म्याद अवधि हुन्छ । त्यसो हुँदा प्रहरीले अबको दश दिनभित्र घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।

तर, प्रकरणमा एकपछि अर्को नयाँ ‘हाई प्रोफाइल’ जोडिने क्रम जारी छ । पक्राउ परेका खाणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने निश्चित छ ।

प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाणले प्रहरीलाई बयान दिन इन्कार गरिरहेका छन् ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी कार्कीले खाणसँग बयान लिन बाँकी रहेको बताए ।