दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते

सियोल । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।
एकजना शिक्षक सहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ । छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया