संसदीय सुनुवाइ समितिमा ६ दलको प्रतिनिधित्व, कुन दलबाट कति ?
काठमाडौं । संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरूको संख्या टुंगो लागेको छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न दलबाट समितिमा रहने सांसदहरूको संख्या टुंगो लगाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार तीन दलका शीर्ष नेताहरूबीच संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने टुंगो भएको छ ।
सुनुवाइ समितिमा नेपाली कांग्रेस र एमालेका ५/५ जना, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र राप्रपालबाट १/१ सदस्य रहनेछन् ।
यसअघि राष्ट्रिय सभाबाट सुनुवाइ समितिमा रहने तीन जना सदस्यहरूको टुंगो लगाइ सकेको छ । जसमा माओवादी केन्द्रका जगप्रसाद शर्मा, एमालेका देवेन्द्र दाहाल र कांग्रेसका रमेशजंग रायमाझी सुनुवाइ समितिमा रहने छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त समितिको रुपमा रहने १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट ३ जना रहन्छन्। समितिले संवैधानिक अंगका पदाधिकारी र विभिन्न देशका राजदूतहरूको नियुक्तिका लागि भएको सिफारिसमा सुनुवाइ गर्छ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया