टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज साँझ काठमाडौंस्थित बुढानिलकण्ठबाट पक्राउ गरिएको जनाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको पनि संलग्नता भेटिएपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
अनुसन्धानमा सघाउने वाचा गरेर उनी भने फरार भएका थिए ।
उनका छोरा सन्दीप पनि हाल हिरासतमा छन् ।
उनी सहित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना यही प्रकरणमा पक्राउ परिसकेका छन् ।
आजमात्रै काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया