रायमाझीलाई आज अदालतमा पेश गरिँदै
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठको आरोपमा आइतबार पक्राउ परेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।
उनीमाथि लागेको अभियोगको अनुसन्धानका लागि समय आवश्यक भएपछि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा पेश गर्न लागिएको हो ।
काठमाडौं प्रहरी परिसरले रायमाझीलाई म्याद थपका लागि आज अदालतमा लैजान लागिएको जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा पक्राउ परेका व्यक्तिको बयान तथा प्रमाणका आधारमा रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीमा रहेका उनले प्रहरी अनुसन्धानलाई सघाउने बताएकोमा सम्पर्कमा नआई फरार भएका थिए । ११ दिनसम्म फरार रहेका उनी शनिबार एक कार्यकर्ताको बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया