थाइल्याण्ड निर्वाचन : सैनिक समर्थित दललाई पछि पार्दै विपक्षी दलको अग्रता
काठमाडौं । थाइल्याण्डमा सम्पन्न आमनिर्वाचनको प्रारम्भिक मतगणनामा विपक्षी दलले अग्रता लिएका छन् । नतिजाबाट मतदाताले सेनाको समर्थनमा रहेको सरकारविरुद्ध मतदान गरेको देखिएको छ ।
जारी मतगणनामा विपक्षी दलहरू मुभ फर्वार्ड र फिउ थार्इले प्रधानमन्त्री प्रयुत चान–ओचाको पार्टीलाई पछि पार्दै लिड गरिरहेको बिबिसीले जनाएको छ ।
नतिजाको प्रारम्भिक रुझानपछि दुवै विपक्षी दल गठबन्धनका लागि वार्ताको तयारीमा रहेको देखिन्छ ।
थाइल्याण्डमा यो निर्वाचनलाई देशको राजनीतिको ‘टर्निङ प्वाइन्ट’ भनिएको छ ।
हालैका वर्षहरूमा देशमा सैन्य विद्रोहहरू देखिएका छन्। सन् २०१४ मा प्रधानमन्त्री आफैंले सैनिक विद्रोहको नेतृत्व गरेका थिए ।
तर अहिले उनलाई मुभ फर्वार्ड र फिउ थाइजस्ता पार्टीले कडा चुनौती दिएका छन् ।
दुवै दलले सैनिक शासनको विरोध गर्दै आएका छन् । फेउ थाईकोको नेतृत्व पातोङटार्न शिनाबात्राले गरिरहेकी छिन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन शिनाबात्राकी छोरी हुन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया