थाइल्याण्ड निर्वाचन : सैनिक समर्थित दललाई पछि पार्दै विपक्षी दलको अग्रता
काठमाडौं । थाइल्याण्डमा सम्पन्न आमनिर्वाचनको प्रारम्भिक मतगणनामा विपक्षी दलले अग्रता लिएका छन् । नतिजाबाट मतदाताले सेनाको समर्थनमा रहेको सरकारविरुद्ध मतदान गरेको देखिएको छ ।
जारी मतगणनामा विपक्षी दलहरू मुभ फर्वार्ड र फिउ थार्इले प्रधानमन्त्री प्रयुत चान–ओचाको पार्टीलाई पछि पार्दै लिड गरिरहेको बिबिसीले जनाएको छ ।
नतिजाको प्रारम्भिक रुझानपछि दुवै विपक्षी दल गठबन्धनका लागि वार्ताको तयारीमा रहेको देखिन्छ ।
थाइल्याण्डमा यो निर्वाचनलाई देशको राजनीतिको ‘टर्निङ प्वाइन्ट’ भनिएको छ ।
हालैका वर्षहरूमा देशमा सैन्य विद्रोहहरू देखिएका छन्। सन् २०१४ मा प्रधानमन्त्री आफैंले सैनिक विद्रोहको नेतृत्व गरेका थिए ।
तर अहिले उनलाई मुभ फर्वार्ड र फिउ थाइजस्ता पार्टीले कडा चुनौती दिएका छन् ।
दुवै दलले सैनिक शासनको विरोध गर्दै आएका छन् । फेउ थाईकोको नेतृत्व पातोङटार्न शिनाबात्राले गरिरहेकी छिन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन शिनाबात्राकी छोरी हुन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया