सभामुखले रायमाझी पक्राउ परेको संसदलाई जानकारी गराए

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको संसदलाई जानकारी गराएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरले रायमाझी पक्राउ परेको सूचना पढेर सुनाएका थिए ।
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा रायमाझीलाई मिति २०८०/१/३१ गते राति अन्दाजी ८ः २५ बजेको समयमा प्रहरीले पक्राउ गरेको जानकारी गराएका थिए । घिमिरेले जिल्ला काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको पत्रबाट सूचना प्राप्त भएकोसमेत जानकारी गराए ।
रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएमा उनको पद स्वतः निलम्बित हुनेछ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया