नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २२ गते, यस्ता छन् एजेण्डा
काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३५ औं वार्षिक साधारणसभा यहि जेठ २२ गते गर्ने भएको छ। कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा जेठ २२ गते गर्न निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने एजेण्डा छ । त्यस्तै कम्पनीले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
यसबाहेक साधारणसभाका एजेण्डाहरू यस्ता छन् :
क) साधारण प्रस्ताव
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिने
२. आर्थिक वर्ष ०७८/०७९ को वासलत, आय, व्याय हिसाब एवं लेखापरीक्षको प्रतिवेदनउपर छलफल गरी पारित गरिने
३.लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष ०७८/०७९ को लेखापरीक्षक नियक्ति एवं पारिश्रमिक निर्धारण गर्ने
४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बोनससेयर बापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार ६६१ लाभांश स्वीकृत गर्ने
ख) विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल अद्यावधिक रूपमा कायम रहेको चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजारमा ८ प्रतिशतको दरले बोनस सेयरको रूपमा लाभांश ३७ करोड १२ लाख ३४ हजार रूपैयाँ प्रदान गर्ने प्रस्ताव पारित गर्ने
२. कम्पनी एन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष ०७८/०७९ मा भएको खर्च अनुमोदन गर्ने
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया