नबिल बैंकको हाकिमचोक शाखा स्थानान्तरण हुँदै, जेठ ७ देखि नयाँ ठाउँबाट कारोबार

काठमाडौं । नबिल बैंक लिमिटेडको चितवन, भरतपुरस्थित हाकिमचोक शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही जेठ ७ गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय र लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
चितवन, भरतपुर महानगरपालिका-९ हाकिमचोकमा अवस्थित शाखा हालको स्थानबाट ०.३ किलिमटर पर चितवन, भरतपुर महानगरपालिका-१० भरतपुरमा स्थानान्तरण हुन लागेको हो ।
बैंकले सूचना जारी गर्दै २०८० जेठ ५ गते शुक्रबार दिउँसो १ बजेभित्र लकरमा राखिएका टुटफुट हुने सामान निकाल्न अनुरोध गरेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया