NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारलेर मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का स्थायी बासिन्दा रहेका उनी २०६२/६३ को जनआन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका थिए ।

उनको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई ‘जिउँदो सहिद’ भनेर पनि चिनिन्छ ।

‘ज्यूँदो सहिद’ मुकेशको गुमनाम महाप्रस्थान

ताजा अपडेट

नेपालवाच विशेष