हेटौंडामा जिपको ठक्करबाट एक बालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश०३-००१ च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया