‘हिन्दू राष्ट्र राष्ट्रका पक्षमा बोल्न नेपालका नेतालाई भाजपाको पैसा’
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध धार्मिक समूहले नेपालका प्रभावशाली नेतालाई हिन्दू राष्ट्रको समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदनले दाबी गरेको छ ।
अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गर्दै नेपाली समाजमा भारतीय उक्साहट बढेको निष्कर्ष निकालेको हो । नेपाल सरकारले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
प्रतिवेदनको १३ पृष्ठमा नेपालको धार्मिक अवस्थाबारे चर्चा छ । जसमा भनिएको छ– ‘नागरिक समाजका अगुवाहरूले दक्षिणपन्थी भन्ने गरेको भाजपासम्बद्ध धार्मिक समूहले (नेपालका) सबै राजनीतिक दलका प्रभावशाली नेतालाई हिन्दू राष्ट्रको समर्थनमा बोल्न निरन्तर रूपमा रकम उपलब्ध गराउँदै आएका छन् ।’
भाजपासहित भारतका अन्य हिन्दू समूहले नेपालका राजनीतिज्ञ विशेष गरी राप्रपालाई हिन्दू राज्य पुनःस्थापित गर्न निरन्तर दबाब दिइरहेको पनि प्रतिवेदनमा उल्लेख छ । विभिन्न अनुसन्धान र समाचारमा आधारित भएर प्रतिवेदन तयार गरिएको अमेरिकी दाबी छ ।
अमेरिकाले सन् १९९८ मा पारित गरेको कानूनअनुसार विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन तयार पार्छ । प्रतिवेदनमा नेपालमा विभिन्न धर्मको अभ्यास गर्ने जनसंख्या, धर्मप्रति सरकारको व्यवहार र कानूनी अवस्था शीर्षकमा चर्चा गरिएको छ । यसमा सन् २०२२ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटना विवरण समावेश छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया