NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

न्युराेडकाे सडक कब्जा गरेर राप्रपाकाे सभा, रवीन्द्र मिश्र अतिथि

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडाैंकाे व्यस्त व्यापारिक स्थल नयाँ सडक (न्युराेड) काे सडक नै कब्जा गरेर भ्रष्टाचारविरोधी सभा गरेकाे छ ।

जुद्व शमशेरकाे शालीकबाट काडमाडाैं महानगरपालिकाकाे पुरानाे कार्यालयतर्फकाे सडक कब्जा गरेर राप्रपाले भ्रष्टाचारविरूद्व दबाब बढाउन सभा आयाेजना गरेको हाे । सभामा अहिले साे पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बाेधन गरिरहेका छन् ।

सुरुमा राप्रपाले याे कार्यक्रम वसन्तपुरमा आयाेजना गर्ने गरी तयारी अघि बढाएको थियो । तर काठमाडाैं महानगरपालिका (कामपा) ले अवराेध गरेपछि विकल्पमा याे सडक प्रयाेग गरिएकाे हाे ।

कामपा नेतृत्वमा आएकाे केही समयपछि मेयर बालेन शाहले आफ्नाे क्षेत्रभित्रकाे विश्व सम्पदा सूचीका स्थानमा सभा सम्मेलन गर्न नपाइने नियम बनाएका छन् ।

राप्रपाले महानगरपालिकाकाे पुरानाे कार्यालयअगाडि स्टेज बनाएर सभा गरेपछि सवारी आवागमन ठप्प भएकाे छ । पैदलयात्रीका लागि छुट्याइएकाे सडक समेत राप्रपाका कार्यकर्ताले भरिएकाे छ ।

अनाैठाे त के छ भने सर्वसाधारणकाे सवारी आवागमन राेकेर सडकमा आयाेजना गरिएकाे सभामा जनताले पाएकाे सास्तीबारे सबैभन्दा बढी चिन्ता गर्ने रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाही अतिथि छन् ।

सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पुरानो चर्चित भाषण गाउँमा नेता आए चोर आए भन्ने गरेको दोहोर्याए । भ्रष्टाचारले देश थङ्थिलो बनाएकाले यसविरुद्ध सबैले आवाज उकेल्नुपर्ने उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष