नौ महिनामा कति भित्रियो स्मार्टफोन?
काठमाडाैं । नेपालमा स्मार्टफोनको बढ्दो क्रेज छ । अहिले सबैको हातहातमा स्मार्टफोन देख्न सकिन्छ । स्मार्टफोनमै वार्षिक अर्बो रुपैयाँ रकम बाहिरिरहेको छ ।
चालु आर्थिक वर्ष ०७९/८० को पहिलो ९ महिनामा १८ अर्ब रूपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार र चालु आवको साउनदेखि चैत्रमसान्तसम्ममा १८ अर्ब ६६ करोड ४३ लाख रूपैयाँ बराबरको स्मार्ट फोन स्मार्टफोन आयात भएको हो ।
सो मूल्य बराबरको स्मार्टफोन आयात हुँदा सरकारले ३ अर्ब ४८ करोड ३९ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै चालु आवको ९ महिनामा ३२ करोड ३३ लाख रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागको तथ्यांक छ । सो मूल्य बराबरको स्मार्टवाच आयात हुँदा सरकारले १० करोड २ लाख रुपैयाँको राजश्व उठाएको छ ।
नौ महिनासम्मको अवधिमा नेपालमा ३३ करोड ९० लाख रुपैयाँ बराबरको हेडफोन/इयरफान आयात भएको छ । त्यस्तै १४ करोड रुपैयाँ बराबरको मोबाइल चार्जर आयात भएको विभागको तथ्यांक छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया