NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेपाल टेलिभिजन र रेडियो नेपाल गाँभिने, प्रेस काउन्सीललाई नयाँ कानुन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रशारणको स्थापना गरी यही आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाँभेर एकीकृत प्रशारण सेवाको प्रशारण प्रारम्भ गरिने बताएका छन् ।

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले मर्यादित पत्रकारिताको विकासका लागि लागि नीतिगत, कानुनी र संरचनागत सुधार गरिने बताएका हुन् ।

त्यस्तै सरकारले सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगका रूपमा विकास गर्ने नीति लिएको छ । प्रेस काउन्सीललाई सबै सञ्चारमाध्यमबाट प्रकाशन तथथा प्रशारण हुने विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सीलमा रुपान्तरण गरिने कार्यक्रममा उल्लेख छ ।

आम सञ्चार सम्बन्धी छाता कानुन निर्माण गरिनेछ र समानुपातिक विज्ञापन प्रणाली लागू गरिने राष्ट्रपति पौडेलले बताएका छन् । इनटरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन र अन्य कारोबारलाई नियमन र करको दायरामा ल्याइने छ ।

पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई जेष्ठ पत्रकारलाई सम्मानवृत्ति, द्वन्द्व पीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको साथै महिला पत्रकार तथा विभिन्न भाषाभाषकीको पत्रकारितालाई प्रोत्साहन गरिने जनाइएको छ ।