एक स्थातीय तह एक स्मार्ट विद्यालय
काठमाडौं । सरकारले हरेक स्थानीय तहमा कम्तीमा एक विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाउने भएको छ ।
आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रम अनुसार सरकारले विद्यार्थी मूल्यांकनको राष्ट्रिय मापदण्ड तयार पार्नेछ । त्यस्तै, उच्च शिक्षामा देखिएका समस्या समाधानका लागि ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन हुने भएको छ ।
हरेक प्रदेशभित्रका विशिष्टिकृतवाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एकै विश्वविद्यालयको छाताअन्तर्गत रहनेगरिन पर्नुसंरचना गरिने राष्ट्रपति पौडेलले बताए । ‘उच्च शिक्षामा सबैको पहँुच बढाइने र उच्च शिक्षालाई उद्योग तथा रोजगारी केन्द्रीत बनाइने छ,’ उनले भने ।
नवप्रवर्तन, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन आविष्कार कोष स्थापना हुने भएको छ । राष्ट्रपति पौडेलका अनुसार संसदको यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कार सम्बन्धि कोष सञ्चालन गर्ने विषय पेश गरिनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया