राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।
यही जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र ‘स्मार्ट’ पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया