NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संसदमा ओलीले उप्काए बालुवाटार काण्ड, आफ्नै पालामा भएको ‘ओम्नी’ खरिदलाई भने ‘तथाकथित’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै संसदमा बालुवाटारकाण्डको विषय ब्यूँताएका छन् ।

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारका घटनामाथि यथाशिघ्र छानविन गर्न सरकारलाई केले रोक्यो ? भन्दै उनले विगतका काण्डहरूबारे आवाज उठाएका हुन् ।

विगतमा भएका ललिता निवास जग्गा काण्डलगायतका भ्रष्टाचारबारे बोल्दा उनले आफ्नै कार्यकालमा भएको ओम्नी खरिद काण्डलाई भने ‘तथाकथित’ को संज्ञा दिएका छन् ।

कोरोनाकालमा स्वास्थ्य समाग्री खरिदमा भएको यो भ्रष्टाचारमा तत्कालिन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकै संलग्नता देखिएपछि ओली आफैं बचाउमा उत्रिएका थिए । तकालीन प्रधानमन्त्री केपी शर्मा ओली नै पोखरेलको बचाउमा उत्रिएपछि लेखा समितिले सिफारिस गरेको फाइल अख्तियारले खोल्न सकेन । अदालतमा यो मुद्दा दायर गर्नबाट अख्तियार पन्छियो ।

अहिलेसम्म भएका सबै भ्रष्टाचारमाथि मुद्दा दायर गरौं भन्ने क्रममा उनले ओम्नी काण्डलाई भने तथाकथित भनेका हुन् ।

‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास जग्गा काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दु जलाधार क्षेत्रको जग्गा सट्टाभर्ना, धोबिखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइडबडि काण्ड, क्यान्टोनमेन्ट काण्डलगायतका विषयहरूमा जो विवादित छन् अनुसन्धान र मुद्दा दायर यथासिघ्र गरिनेछ भन्न यो सरकारलाई कसले रोक्यो ? किन नगर्ने ?,’ उनले भने, ‘हामी भ्रष्टाचार यो समयको यसले र उसले गरेको भन्दैनौं । भ्रष्टाचार भष्टाचारै हो । इतिहासको जुनसुकै कालखण्डमा भ्रष्टाचार गर्ने कसैमाथि पनि कारवाही गरौं ।’

सरकारले प्रस्तावित नीतिको १८८ बुँदामा सरकारी जग्गा अतिक्रमण गर्नेविरूद्धको छानविन अनुसन्धान र मुद्दा दायर गर्ने विषय समावेश गर्न नसकेकोबारे उनले टिप्पणी गरेका हुन् ।

सरकारले सरकारी जग्गा अतिक्रमणकारी उपरको अनुसन्धान र मुद्दा दायर गर्ने कार्यलाइ रोक्न चाहेको देखिएको उनले बताए ।

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी

 

ताजा अपडेट

नेपालवाच विशेष