NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

सेल्सबेरीको ‘समर डियल’ सार्वजनिक, ३० प्रतिशतसम्म छुट

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकका लागि ‘समर डियल’ सार्वजनिक गरेको छ । ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ ।

सेलवेज ग्रुपले जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको ‘समर डियल’ नामक योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जनाइएको छ । टिभी, फ्रिज, वासिङ मेसिन जस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ ।

यस अफर अन्तर्गत  सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ । कम्पनीका अनुसार यो अफर २० जेठसम्म लागु हुनेछ ।