सरकारको नीति तथा कार्यक्रमबाट संघीयता शब्द हटाउन चित्रबहादुरको सुझाव
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता शब्द हटाउन माग गरेका छन् ।
आइतबार संसदमा नीति तथा कार्यक्रमामाथि संशोधन प्रस्ताव दर्ता गर्दै उनले बुँदा नम्बर १ मा भएको संघीयता शब्द खारेज गर्न माग गरेका हुन् ।
‘राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै नेपालमा संघीयता काम छैन् भनेर आवाज उठाउँदै आएको हाे । सरकारले संसदमा प्रस्तुत गरेको बुँदा नम्बर १ बाट संघीयता शब्द हटाउन आग्रह गर्न चाहन्छु ’ उनले भने, ‘ नेपालले सेतो हात्ती पाल्न सक्दैन् । संघीयता कायमै राख्ने हो भने यसले लोकतन्त्र र गणतन्त्रलाईसमेत समाप्त पार्छ ’
सरकारको नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षसहित २० जना सासंदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया