NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गणतन्त्रमा ठूला दल राजाभन्दा माथि भए : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहले गणतन्त्रमा ठूला दल राजाभन्दा माथि रहेको आरोप लगाएका छन् ।

सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले राजाको निरंकुश अन्त्य गरी दलको निरंकुश ल्यादिएकोमा उसन्तष्टी जनाए । यहि अवस्था रहे देशको अवस्था नबदलिने उनले चेनावनी दिए ।

‘हामीले राजाको निरंकुशता अन्त्य गर्यौं । तर संघीय गणतन्त्रमा दलहरूको निरंकुशा लादियो । गणतन्त्रमा दलहरू राजाभन्दा माथि भए । यस्तो व्यवस्था अन्त्य हुनुपर्छ । अवस्था र व्यवस्था अन्त्य नभएसम्म देशको विकास हुँदैन’, उनले भने ।

उनले विद्यामान संसदीय प्रणालीमाथि तिव्र असन्तुष्टी जनाउँदै संसद तीन दलको मुठीमा कब्जा भएको आरोप लगाए । बोल्नु र ताली बजाउनुमात्र लोकतन्त्र नभएको भन्दै उनले कसैलाई अढाइ घण्टा कसैलाई पाँच मिनेट समय दिएर विभेद गरेको आरोप लगाए ।