गणतन्त्रमा ठूला दल राजाभन्दा माथि भए : प्रभु साह
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहले गणतन्त्रमा ठूला दल राजाभन्दा माथि रहेको आरोप लगाएका छन् ।
सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले राजाको निरंकुश अन्त्य गरी दलको निरंकुश ल्यादिएकोमा उसन्तष्टी जनाए । यहि अवस्था रहे देशको अवस्था नबदलिने उनले चेनावनी दिए ।
‘हामीले राजाको निरंकुशता अन्त्य गर्यौं । तर संघीय गणतन्त्रमा दलहरूको निरंकुशा लादियो । गणतन्त्रमा दलहरू राजाभन्दा माथि भए । यस्तो व्यवस्था अन्त्य हुनुपर्छ । अवस्था र व्यवस्था अन्त्य नभएसम्म देशको विकास हुँदैन’, उनले भने ।
उनले विद्यामान संसदीय प्रणालीमाथि तिव्र असन्तुष्टी जनाउँदै संसद तीन दलको मुठीमा कब्जा भएको आरोप लगाए । बोल्नु र ताली बजाउनुमात्र लोकतन्त्र नभएको भन्दै उनले कसैलाई अढाइ घण्टा कसैलाई पाँच मिनेट समय दिएर विभेद गरेको आरोप लगाए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया