‘जनयुद्ध’ शब्दप्रति संसदमा एमाले र माओवादी सांसदबीच घोचपेच

काठमाडौं । प्रतिनिधिसभा बैठकमा जनयुद्ध शब्दलाई लिएर एमाले र माओवादीका सांसदबीच घोचपेच भएकाे छ ।
जेठ ५ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सोमबार एमालेका सांसद योगेश भट्टराईले बुंदा नम्बर १ मा रहेको जनयुद्ध शब्दप्रति आपत्ति जनाउँदै हटाउन माग गरेका थिए ।
उनले २०७२ मा संविधान जारी भएपछि कुनैपनि सरकार दस्तावेजमा जनयुद्ध शब्द नराखिएको स्मरण गराउँदै सो शब्द हटाउन माग गरेका थिए ।
कांग्रेसलाई निम्छरोको संज्ञा दिँदै उनले राष्ट्रपतिबाट जनयुद्ध शब्द उच्चारण गराउन लगाउनु ठीक नभएको अभिव्यक्ति दिए । यदि यो शब्दमा कांग्रेसको स्वीकृती भएको भए कांग्रेसको इतिहास अन्त्य भएको टिप्पणी गरेका थिए । भट्टराईको टिप्पणीप्रति कटाक्ष गर्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले डिक्नरी पल्टाएर पढ्न आग्रह गरे । उनले मानिस लडेको युद्ध जनयुद्ध नभएर के युद्ध हुन्छ भनि प्रश्न गरे । ‘
माननीयजीले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो । उहाँलाई म डिक्सनरी पल्टाएर पढ्न आग्रह गर्दछु । जनयुद्ध माछा युद्ध थियो । भालु युद्ध थियो । जंगलका अर्नाहरू लडेका थिए । रूख ढुंगा लडेका थिए । मानिस लडेका युद्धलाई के जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मनिसका छोराहरू लडेका थिए । बिर्सिनुभयो वृस्तित शान्ति सम्झौता रु तपाईंको नेताले हस्ताक्षर गरेको बिर्सिनुभयो १२ बुँदे सहमति ?’, भट्टराईमाथि उनले प्रश्न गरे ।
नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो भन्दै उनले हजारपटक आँखा जुधाएर बहस गर्न तयार भएको बताए ।
‘नेपाली जनताले एकात्मक शाहवंशीय राजतन्त्र अन्त्य गरी संघीय गणतन्त्र ल्याउनका लागि लडाईं लडेका थिए’, उनले भने, ‘हामी सबैको सहकार्यमा जनआन्दोलन भएको हो । तर इतिहासलाई नर्बियौं । रोस्टममा आएर कटाक्ष नगरौं, मिलेर जाने कुरा गरौं ।’
अहिले देशमा अभिनन्दनको नाममा राजतन्त्र फर्काउने खेल भइरहेको भन्दै पौडेलले सबै पक्ष मिल्नुको विकल्प नभएको बताए ।
प्रतिक्रिया