NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जसपा संसदीय दलको नेतामा यादव चयन

काठमाडौं । जसपाका संसदीय दलको नेतामा पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव चयन भएका छन्।

सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका सचिवालयले जनाएको छ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा–२ बाट निर्वाचित भएका थिए । त्यसअघि मंसिरमा भएको आम निर्वाचमा सप्तरी–२ जनमत पार्टीका उम्मेदवार एवं अध्यक्ष डा.सीके राउतसँग पराजित भएका थिए ।