किन चाहिन्छ फाइबरयुक्त खाना ?

एजेन्सी । शरीरमा, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियमको जति आवश्यकता छ त्यतिनै फाइबरको पनि हुन्छ । फाइबरयुक्त खानाले पाचन प्रणालीलाई स्वस्थ राख्छ भने मधुमेहको समस्यालाई पनि कम गर्छ ।
स्वस्थ मस्तिष्कको लागि पनि खानामा फाइबर हुन जरुरी छ । एक अनुसन्धानका अनुसार फाइबरले शरीरमा चिनीको मात्रालाई सन्तुलनमा राख्छ । स्वस्थ शरीरका लागि दिनमा २५ देखि ३५ ग्राम फाइबर चाहिन्छ । हार्वर्ड हेल्थले गरेको एक अध्ययनमा पर्याप्त मात्रामा फाइबरयुक्त खाना खाँदा यसले डिमेन्सियाको जोखिम कम गर्ने देखाएको छ ।
कस्ता खानेकुरामा हुन्छ फाइबर ?
एभोकाडाे
एभोकाडाे फाइबरको राम्रो स्रोत हो । यसमा लगभग ६.७ ग्राम फाइबर हुन्छ । यसका साथै यसमा भिटामिन–सी, पोटासियम, म्याग्नेसियम, भिटामिन–ई र भिटामिन–बी हुन्छन् । जुन स्वस्थ शरीरलाई अत्यावश्यक छ । एभोकाडोको सेवनले मुटु स्वस्थ राख्छ भने आँखाको ज्योति पनि बढाउँछ ।
स्याउ र केरा
केरा र स्याउमा पनि फाइबर धेरै हुन्छ । स्याउमा घुलनशील र अघुलनशील फाइबर हुन्छ। स्याउमा ४.४ ग्राम र केरामा २.६ ग्रामसम्म फाइबर हुन्छ । केरा खानु फाइबर र प्रोटिन दुवैका लागि फाइदाजनक हुन्छ।
चना
चनामा फाइबर र प्रोटिनक प्रशस्त्र मात्रामा पाइन्छ । १०० ग्राम चनाबाट लगभग ७.६ ग्राम फाइबर प्राप्त गर्न सकिन्छ। चनालाई शाकाहारीहरूका लागि प्रोटिनको उत्तम स्रोतसमेत मानिन्छ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया