NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बादलको परिवार नै अनुसन्धानमा

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा  तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकारदेखि श्रीमतीसम्म अनुसन्धानमा तानिएका छन् । तर, बादल र उनकी पत्नीको हकमा भने तत्काल प्रमाण जुट्न सकेन । प्रमाण भेटिएको वेला उनीहरूविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । राईका छोरा नीरज र बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, उनीहरू दुवै फरार छन् । प्रतीकले टंगालस्थित नीलगिरि थकाली रेस्टुरेन्टलाई अखडा बनाएर पैसा उठाएको पक्राउ परेका बिचौलियाको बयान छ ।

बादलपत्नी नैनकला थापालाई पनि मन्त्रीनिवासमै गएर पैसा बुझाएको उनीहरूको दाबी छ । त्यस विषयमा ‘आमाले पैसा पाउनुभयो’ भनेर प्रतीकले एसएमएस नै पठाएको भन्नेसम्मको अनुसन्धानमा खुलेको छ । बादललाई पनि भेटेको, तर प्रत्यक्ष पैसा नदिएको र उनी आफूहरूसँग धेरै नबोलेको अभियुक्तहरूको बयान छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।