अन्तिममा पहिचान खुलेका झा जो पक्राउ परे अझै तानिन सक्छन् उच्च पदस्थ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुग्दा प्रहरीले बिचौलिया बेचन झाको संलग्नता पनि पत्ता लगाएको थियो । तर, उनलाई पक्राउ भने गर्न सकेको छैन ।
झाले राजनीतिक नेतृत्वलाई मिलाउने जिम्मा लिएका थिए । प्रहरी स्रोतका अनुसार ठगी गिरोहलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसम्म भेटघाटको व्यवस्था गरेर सेटिङ मिलाउने व्यक्ति उनी नै थिए ।
कांग्रेसकै उच्च नेताको सिफारिसमा झा खाण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई भेट्न गृह मन्त्रालय गएका थिए । उनले नै केशव दुलाल तथा सानु भण्डारीलगायतलाई नजिक गरिदिएका थिए । झालाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । तर, उनको स्थायी ठेगाना पत्ता लाग्न सकेको छैन । उनको भारत र नेपाल दुवै देशको नागरिकता रहेको सूचना प्रहरीले पाएको छ । कांग्रेसका उच्चपदस्थ नेताहरूसँग उनको हिमचिम देखिएको छ ।
गत २६ वैशाखमा ठगी गिरोहका रामशरण केसी पक्राउ परेपछि उनीमाथि अनुसन्धान गर्ने क्रममा झाको संलग्नता खुलेको हो । केसीले झालाई दुई करोडको चेक दिएको प्रमाणसमेत प्रहरीले बरामद गरेको छ । उनी पक्राउ परेपछि यो घटनामा थप उच्चपदस्थ व्यक्तिको संलग्नता खुल्ने प्रहरीको आशा छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया