नक्कली भुटानी शरणार्थी प्रकरणबारे गगन भन्छन् – लाज पनि लजायो
काठमडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा बाहिर आएका नाम सुन्दा लाज पनि लजाएको बताएका छन् ।
‘अहिले जसरी नामहरू आइरहेको छ । एकप्रकारले लाज पनि लजाएजस्तो भएको छ,’ आज संसदलाई सम्बोधन गर्दै उनले भने, ‘को–को परेको को–को नपरेको हो सुन्दासुन्दै अलि पछि जाँदै गर्दा हाम्रो वरिपरि भएका, हामीले देखिरहेका जिम्मेवारी लिएका मानिसहरू पर्ने हुन् कि भन्ने लाग्न थालेको छ ।’
नागरिकले अनुसन्धानलाई सूक्ष्म ढंगले हेरिरहेको बताउँदै उनले सलामी लिने र गर्ने जोकोही भएपनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे ।
यो विषयलाई राम्रोसँग टुंग्याउने हो भने सरकारको वाचाहरूमा विश्वास हुने उनले बताए ।
यस्तो किसिमको राज्यविरूद्धको अपराधमा न्यायालयले पनि न्यायको अनुभूति हुनेगरी काम गर्नुपर्ने उनको जोड छ । अनुसन्धान निष्पक्ष नभए विकल्पहरूको खोजी हुने र प्रश्न उठ्ने विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज संसदलाई सम्बोधन गर्दै उनले यस प्रकरणमा सरकारले जोसुकै भएपनि निष्पक्ष छानविन गर्नुपर्ने बताएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया