शरणार्थी प्रकरणमा आफ्नै भूमिकाबारे प्रश्न उठेपछि आइजिपी कुवँरको सचिवालयले के भन्यो ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरकै भूमिकामाथि प्रश्न उठेपछि उनको सचिवालयले स्पष्टिकरण दिएको छ ।
यो प्रकरणमा कुँवरको पनि भूमिका हुन सक्नेबारे समाचार प्रकाशन हुन थालेपछि उनको सचिवालयले आपत्ति जनाउँदै प्रेस विज्ञप्ती जारी गरेको हो ।
जारी विज्ञप्तीमा आफूबारे सम्प्रेषण भएका समाचारमा कुनै आधार, तथ्य र प्रमाण नभएको जनाइएको छ । अपराध अनुसनधानजस्तो विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि र चेन अफ कमाण्डमा आँच आउने उल्लेख गरिएको छ ।
सचिवालयले यो प्रकरणमा दोष नछुटुन्, निर्दोष नफसुन् भन्ने विषयमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
‘अपराधी जोसुकै होस् उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वयमा हुनुपर्ने कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेकोछ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया