‘सरकारी जागिरमा मरिहत्ते गर्नेहरूले विद्यार्थीको भविष्य सुधारमा काम गरेनन्’

काठमाडौं । शिक्षा सुधारका लागि सामुदायिक विद्यालयमा शिक्षकहरूको भूमिका कस्तो छ ? लामो समय स्याङ्जास्थित वालिङ नगरपालिकामा शिक्षा सल्लाहकारको रूपमा काम गरिसकेका दिनकर नेपालको आँखाबाट हेर्ने हो भने फिटिक्कै छैन ।
त्यहाँ रहँदा उनले पालिका स्तरमा शिक्षाको अवस्थालाई नजिकबाट नियाल्ने मौका पाए । तर शिक्षा सुधारको जिम्मेवारी पाएका शिक्षकहरूले नै आफ्नो पेशालाई केवल जागिर खाने भाँडो बनाएको उनको गुनासो छ ।
सरकारी जागिर भनेर मरिहत्ते गर्ने शिक्षकहरू जिम्मेवारी पाइसकेपछि भने अह्राएको गर्ने र सुधारमा फिटिक्कै चासो नदेखाउने गरेको उनले पाए । ‘सरकारी सेवामा भएकाहरू शिक्षाका लागि जागिर नगुमोस् भनेर डकुमेन्टले मागेको काममात्रै गर्ने गर्छन्,’ उनले भने, ‘हाजिरी गरेपछि बाँकी समय राजनीति गर्ने, व्यापार गर्ने गर्छन् ।’
शिक्षहरूले यसरी वास्ता नदेखाउनुमा हाम्रो संरचनागत समस्या पनि मुख्य दोषी ठान्छन् उनी । ‘काम गर्छु भन्ने राम्रो र असल नियत भएकाहरू पनि छन् तथा प्रणाली र संरचनाले गर्दा काम गर्न पाएका छैनन्,’ उनले भने, ‘कसैलाई शिक्षा सुधारका लागि कुनै चाहना भए नै पति संरचनागत जटिलता र वातावरण नहुँदा त्यो सम्भव हुन सकिरहेको छैन ।’
शिक्षा सुधार गरेरै छाड्ने हो भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जस्तै व्यक्तिको खाँचो उनले हरेक स्थानीय तहमा देखेका छन् । ‘धरानमा हर्क साम्पाङले पानी खुवाएरै छोड्छु भनेजस्तै शिक्षा सुधारेरै छोड्छु भन्ने व्यक्ति चाहिन्छ,’ उनले भने ।
शिक्षा रूपान्तरणको ठूला–ठूला कुरा र भाषणबाजी गर्नेहरूले नै सानो–सानो काममा ध्यान नदिएकोबारे उनले गुनासो गरे । ‘नेपालको शिक्षा सबैले रुपान्तरणको गर्न खोजेका छन् । शिक्षा सुधार्ने जिम्मा आफ्नै कााँधमा भएको ठानेका छन्,’ उनले भने, ‘तर कक्षाकोठाभित्र पहिलो पाँच मिनेटमा विद्यार्थीको ध्यान तान्न के गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न दियो भने कसैले पनि सक्दैन ।’
स्थानीयस्तरमा उनले नियालेका समस्या, तिनको समाधान र उनका आफ्नै अनुभवमा केन्द्रित रहेर नेपालसँग भिडियो संवाद गरिएको छ । नेपाल स्तम्भकार तथा नेतृत्वकला प्रशिक्षकसमेत हुन् । नेपालवाचको नियमित भिडियो प्रस्तुति एजुकेसन डायलगमा नेपालसँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले गरेको कुराकानीको पूरा अंश हेरौं।
ताजा अपडेट
-
बैंकको ३४ करोड ठगी प्रेमिका लिएर भाग्न खोज्ने अधिकृतलाई आठ वर्ष कैद
-
पेट्रोल र डिजेलको मूल्य घट्यो
-
बुढानिलकण्ठका इन्जिनियर ८० हजार घुससहित रंगेहात पक्राउ
-
कोप २८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?
-
पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौं : नेत्री राणा
प्रतिक्रिया