भुटानी शरणार्थी प्रकरण : अदालती कारबाही आजदेखि
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रपञ्चमा संलग्नको अभियोगमा दायर मुद्दामाथिको कारबाही आजदेखि अघि बढ्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ र पक्राउ पुर्जी जारीपछि फरार १४ जनामाथि बुधबार मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत, काठमाडौंले भुटानी शरणार्थी प्रकरणमा बुधबार परेको मुद्दामाथि शुक्रबारदेखि कारबाही सुरु हुने जनाएको छ ।
सुरुमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका १६ जनाको बयान सुरु हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । जसमा सरकारी र प्रतिवादी दुवैतर्फका वकिलले बहस गर्नेछन् । यसपछि नै प्रतिवादीलाई थुनामा राखेर सुनुवाइ अघि बढाउने कि छाडेर भन्ने आदेश आउनेछ । अदालतका कर्मचारीका अनुसार, यो प्रक्रिया पूरा हुन कम्तीमा एक साता लाग्नेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया