NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

वैशाखसम्ममा कुन भन्सारबाट कति वस्तु नेपाल भित्रियो ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्ममा विभिन्न भन्सारबाट नेपालमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजार रूपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा विभिन्न भन्सार नाका हुँदै १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँको वस्तु बाहिरिएको छ ।

भन्सार विभागका अनुसार १० महिनाको अवधिमा २७ वटा नाकामध्ये सबैभन्दा धेरै विरगञ्ज नाकाबाट ४ खर्ब ९२ अर्ब ४० करोड ५२ लाख २६ हजार बराबरको वस्तु नेपाल भित्रिएको छ । विरगञ्जपछि सबैभन्दा धेरै भैरहवा भन्सार नाकाबाट १ खर्ब ९८ अर्ब ८५ करोड ६१ लाख ८१ हजार रूपैयाँको विभिन्न वस्तु नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । त्यस्तै ड्रेपोट नाकाबाट १ खर्ब ६७ अर्ब ८८ करोड २४ लाख ५ हजार, विराटनगर नाकाबाट १ खर्ब ५६ अर्ब ३८ करोड ५५ लाख ६३ हजार बराबरको वस्तु नेपाल भित्रिएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने वैशाख मसान्तसम्ममा १  खर्ब ३१ अर्ब ५१ करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ ।

अर्ब रुपैयाँ बरारको वस्तु भित्रिएका भन्सार नाकाहरु :

अर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएका नाकाहरुमा सबैभन्दा अगाडि नेपालगञ्जबाट५५ अर्ब ६४ करोड १७ लाख ८२ हजाररुपैयाँ बराबरको वस्तु भित्रिएको छ । त्यसपछि मेची भन्सारबाट ३८ अर्ब ८७ करोड ८५ लाख ६८ हजार, रसुवा २२ अर्ब ६८ करोड ७४ लाख ४२ हजार, कैलाली २२ अर्ब २३ करोड ४ लाख ६० हजार, कृष्णानगर १६ अर्ब ६३ करोड ५३ लाख ८१ हजार, तातोपानी १० अर्ब ५ करोड २१ लाख ६८ हजार, जलेश्वर ६ अर्ब ९२ करोड ७८ लाख ९१ हजार , सुनसरी ४ अर्ब ९५ करोड ६२ लाख ८२ हजार, सुठैली ३ अर्ब ४२ करोड २३ लाख ५७ हजार, सर्लाही १ अर्ब ९३ करोड ८ लाख ९२ हजार, जनकपुर १ अर्ब ५४ लाख ८९ हजार र कञ्चनपुर भन्सारबाट  १ अर्ब २२ करोड २५ लाख ५२ हजार रूपैयाँको विभिन्न वस्तु नेपाल भित्रिएको छ ।

करोड रुपैयाँ बराबरको वस्तु भित्रिएका भन्सार नाकाहरु :

करोड रुपैयाँ बराबरको वस्तु भित्रिएका नाकाहरुमा गौर ९१ करोड २१ लाख ७५ हजार, चोभार ५६ करोड ५१ लाख ६२ हजार, सती २५ करोड ७४ लाख ५७ हजार, भरतपुर २४ करोड ०७ लाख ९४ हजार, सिराहा २० करोड ७४ लाख ६८ हजार, राजविराज ६ करोड ४५ लाख २१ हजार र थाडी भन्साबाट ६ करोड ९३ हजार रूपैयाँको वस्तु भित्रिएको विभागको तथ्यांक छ । त्रिभेनी भन्सारबाट भने २७ लाख २८ हजार रूपैयाँको वस्तु नेपाल भित्रिएको छ ।