पशुपति जलहरी काण्ड : सरकारले जवाफ नदिएसम्म बैठक चल्न नदिने एमालेको अडान
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरूमाथि लगाइएको आरोपसम्बन्धमा सरकारबाट जवाफ नआएसम्म संसद बैठक चल्न नदिने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीमा एमालेले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद बैठक अवरोध गरेको हो ।
बैठकको सुरूवातमै प्रमुख सचेतक गिरीले आफूहरूमाथि सत्तापक्षबाट भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका थिए ।
‘हामी विगतका भ्रष्टाचारका अनेक फाइलहरू खोजौँ, एक–एक भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याऔँ भनिरहेका छौँ । तर, पछिल्लो पटक त्यस्तो भइरहेको छैन । यहाँ त बिनाआधार, बिनाप्रमाण प्रमुख प्रतिपक्षी दलका नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाइन्छ । सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाउनुभएको छ । हामी सरकारले यसको जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ ।’
उनले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने माग गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया