आरोपबारे मन्त्री किराँती– प्रमाणित गर, एक मिनेट पनि पदमा बस्दिनँ

काठमाडौं । पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको भनेर गरिएको प्रचार झुटो भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दाबी गरेका छन् । उनले यसलाई प्रमाणित गर्न चुनौती दिँदै आरोप सही सावित भए एक मिनेट पनि पदमा नबस्ने बताए ।
आइतबार प्रकाशित एक अखबारले पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई मन्त्री सुदन किराँतीले वैधता दिएको समाचार प्रकाशित गरेपछि उनले त्यसबारे मुख खोल्दै यस्तो बताएका हुन् ।
आफूले ‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ मन्त्री किराँतीको भनाइ छ ।
‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया