आज पानी पर्ने सम्भावना कति ?

काठमाडौं । आइतबार कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका केही भूभागमा भने हल्का वर्षा भइरहेको छ।
त्यस्तै, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ/गर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान छ ।
प्रतिक्रिया