स्वास्थ्य ठिक नभएको भन्दै बयान दिन राईको आनाकानी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासातमा रहेका इन्द्रजित राईले बयान दिन आनाकानी गरेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकारसमेत रहेका उनले स्वास्थ्यमा समस्या देखाउँदै बयान दिन नमानेका हुन् ।
राईले यसअघिको बयानमा पनि आफू सुगर प्रेसरको बिरामी रहेको र धेरै नबोल्ने भन्दै बयानमा आनाकानी गर्दै आएका छन् ।
यस प्रकरणमा अहिलेसम्म प्रहरीले १७ जनालाई पक्राउ गरिसकेको छ । जसमा एमालेका निवर्तमान सचिव टोपबहालुर रायमाझीदेखि पूर्व गृहमनत्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पौडेलसमेत छन् ।
उनीहरूसहित ३० जनालाई प्रतिवादी बनाएर गत बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएका १३ प्रतिवादी फरार छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया