अमेरिकामा ऋणको सीमा बढाउन सैद्धान्तिक सम्झौता

न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता गरेका छन्।
यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ’ राष्ट्रपतिले भनेका छन् ।
अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गरेका छन् । ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भने।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले शुक्रबार भन्नु भएको छ यदि कांग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरेमा ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त हुने छैनन् ।
अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार दोस्रो विश्वयुद्धपछि ऋणको सीमा १०२ पटक परिमार्जन गरिएको छ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया