मोटरसाइकल र्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् ।
मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल -यालीमा ‘विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल’ सो -यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया