श्रीलंकाले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

कोलम्बो । श्रीलंकाका साप्ताहिक रूपमा प्रदान गर्दै आएको इन्धन कोटा बढाउँने भएको छ ।
ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताएका छन् । नयाँ योजना अन्तर्गत तीन पाङ्ग्रे सवारीहरूले प्रति हप्ता २२ लिटर (१५ लिटर बाट माथि) सम्मको इन्धन किन्न सक्नेछन् भने मोटरसाइकलले १४ लिटर (७ लिटरबाट माथि) किन्न सक्नेछन् ।
त्यसैगरी बसहरूले १२५ लिटर ( ६० लिटरबाट माथि), कार ४० लिटर (३० लिटरबाट माथि), र अन्य भूमिगत सवारीहरूले ४५ लिटर २५ लिटरबाट माथि किन्न सक्नेछन् । यसै बीच लरीहरूले १२५ लिटर ( ७५ लिटरबाट माथि) किन्न सक्नेछन् भने क्वाड्रिसाइकलहरूले १४ लिटर (६ लिटरबाट माथि) किन्न सक्नेछन् ।
विदेशी मुद्रा सञ्चिति अभावका कारण इन्धनको अभाव भएपछि श्रीलङ्काले सन् २०२२ को मध्यदेखि इन्धन खपतमा मितव्यिता अपनाउँदै आएको छ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया