दलहरूलाई सभामुखको अल्टिमेटम : ७ दिनभित्र समितिको नेतृत्व चयन गर्नुहाेस्
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकमा घिमिरेले नेतृत्व चयन नहुँदा संसदीय समितिले गति लिन नसकेकोमा दलहरूको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले ७ दिनभित्र सर्वसम्मत नेतृत्व चयन नभए निर्वाचन प्रक्रियाबाट टुंगो लगाउन दलहरूलाई सुझाव दिएका छन् ।
‘नेतृत्व चयन नहुँदा ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ । सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन’, उनले भने, ‘तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रियाबाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’
जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया