दलहरूलाई सभामुखको अल्टिमेटम : ७ दिनभित्र समितिको नेतृत्व चयन गर्नुहाेस्

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकमा घिमिरेले नेतृत्व चयन नहुँदा संसदीय समितिले गति लिन नसकेकोमा दलहरूको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले ७ दिनभित्र सर्वसम्मत नेतृत्व चयन नभए निर्वाचन प्रक्रियाबाट टुंगो लगाउन दलहरूलाई सुझाव दिएका छन् ।
‘नेतृत्व चयन नहुँदा ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ । सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन’, उनले भने, ‘तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रियाबाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’
जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया